भारतीय विदेशमन्त्री जयशंकरले दिए पौड्याललाई बधाई, भन्छन् – सहकार्यका लागि प्रतीक्षारत छु


 


काठमाडौं, माघ ४
नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई दिएका छन् ।

भारतीय विदेशमन्त्री जयशंकरले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत पौड्याललाई बधाई दिएका हुन् ।

उनले लेखेका छन्,’डा. विमला राई पौड्याल नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ।’

उनले पौड्यालको कार्यकालमा सहकार्यका लागि प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

पौड्याल नेकपा एमालेबाट परराष्ट्र मन्त्री बनेकी हुन् ।

प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्