माओवादी केन्द्रबाट को-को बन्दै छन् मन्त्री ?


 


काठमाडौं, माघ ३
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डाको समति भएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन् ।

थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको स्रोतको दाबी छ । एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ ।

आजै दिउँसो १ बजे मन्त्रीहरूको शपथग्रहण कार्यक्रम रहेको छ। त्यसअघि माओवादी पदाधिकारी बैठक बोलाइएको छ।

प्रकाशित मिति: ३ माघ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्