सुदूरपश्चिममा सभामुख चयन गर्ने आज अन्तिम दिन, प्रदेशसभाको बैठक पुनः बस्दै


 


कैलाली, माघ २
सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुने भएको छ । प्रदेश सभाको सभामुख छान्न सोमबार बिहान ९ बजे निर्वाचन तोकिएको छ । लगातार दुई पटकको निर्वाचनले सभामुख छनोट गर्न नसकेपछि तेस्रो पटक सोमबार निर्वाचन हुँदैछ ।

बिहीबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत नपुगेपछि शनिबार दोस्रो पटक निर्वाचन भएको थियो। सुदूरपश्चिम सभामुखमा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी उम्मेदवार छन् ।

प्रतिपक्ष दलबाट नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार रहेका छन्। पोखरामा भएको विमान दुर्घटनामा सरकारले शोक बिदा दिए पनि सुदूरपश्चिममा भने संवैधानिक जटिलता उत्पन्न हुने भएकाले बैठक बस्नै पर्ने बाध्यता छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अहिले बिहानैसर्वदलीय बैठक बोलाइएको जानकारी दिए ।

प्रकाशित मिति: २ माघ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्