दुर्घटना चराको कारणले भएको हो त ?


 


पोखरा, माघ २
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिनाअघि नै नजिकै रहेको ल्यान्डफिल साइट सार्न विज्ञले सुझाव दिइरहेका थिए ।

तर ल्यान्डफिलसाइट सार्ने कामले विमानस्थल उद्घाटन (२०२३ जनवरी १) हुनुभन्दा एकसाता अघि मात्र पूर्णता पायो । ल्यान्डफिल साइट सारेपछि त्यहाँका चराले आहारा र बासस्थान खोजिरहेका थिए । तर सरोकारवालाले ती चराको बासस्थान र आहारालाई बेवास्ता गरेका थिए ।

आहारा र बासको खोजीमा भौँतारिरहेका तिनै चरासँग ठोक्किएर आइतबार यति एयरलाइन्सको जहाज दुर्घटना भएको हो कि भन्ने आशङ्का उब्जेको छ । हवाई क्षेत्रका एक जानकारका अनुसार कुनै पनि प्राविधिक समस्याबिना जहाज अवतरणको अन्तिम कसरतमा हुँदा दुर्घटना भएको छ ।

‘जहाजमा कुनै प्राविधिक समस्या आएको हुन्थ्यो भने त्यो पहिल्यै थाहा हुन्थ्यो । अन्तिम समयसम्म जहाज र विमानस्थल टावरबीच सहज रूपमा सञ्चार सम्पर्क भएको छ,’ ती जानकारले भने, ‘त्यसैले प्राविधिक समस्या आएको भन्न सकिन्न । जहाज चरासँग ठोक्किएको हुनसक्छ ।’ नागरिक दैनिकबाट

प्रकाशित मिति: २ माघ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्