विमान दुर्घटनाको शोकमा आज यती एयरलाइन्सका नियमति उडान रद्द


 


काठमाडौं, माघ २
यती एयरलाइन्सले आज सोमबार हुने नियमित उडान रद्द गरेको छ ।

पोखरामा आइतबार ९एन-एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका नियमित उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको ५ ।

कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको छ ।

कम्पनीको नाइन एन एएनसी एटीआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि दुर्घटना भएको थियो ।

विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए । पछिल्लो अपडेट अनुसार ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

प्रकाशित मिति: २ माघ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्