मेयर साहका १० असफलता


 


काठमाडौं, पाैष २९
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति जनअपेक्षा कायम छ । तर, विगत आठ महिना लामो उहाँको कार्यकाल सफल देखिएको छैन ।

एकल निर्णय गरी एकलौटी पाराले अघि बढ्दा सफलताभन्दा असफलता बढी देखिएको छ। मेयर साहले वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, तर अहिले वैज्ञानिक फोहोर व्यवस्थापनको कुरा त परै जाओस् स्रोतमै फोहोर वर्गीकरण गर्ने विषय नै सेलाएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटमा जथाभावी फोहोर फाल्ने काम रोकिएको छैन ।

मेयर साह र उपमेयर सुनिता डंगोलसहितको टोली उपत्यकाको गोकर्णेश्वर र भक्तपुर नगरपालिकाले गरेको नमुना फोहोर व्यवस्थापन आवलोकन गर्न जाँदा नगरवासीमा ठूलो उत्साह थपिएको थियो । तर, फोहोर व्यवस्थापन हुन सकेन ।महानगरका जनता मात्र होइन, साहकै कार्यालयका कर्मचारी उहाँको काम देखेर असन्तुष्टि पोखिरहेका छन् ।

उहाँले मेयर हुनुभन्दा करिब एक महिना पहिला राजधानीको होटल, रेस्टुरेन्टको शौचालयलाई सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्नदिने निर्णय गर्नुभयो । तर, त्यो पनि प्रभावकारी कार्यान्वयन हुनसकेन । अहिले मेयरको सो योजना अलपत्र भएको छ ।

महानगरको स्वामित्वमा भएका शौचालयलाई व्यवस्थित गर्न नसकेको कामपाले व्यवसायीको शौचालय प्रयोग गराउन सकेन ।अनधिकृत संरचना हटाउने मेयरको अर्को योजना पनि सुस्ताएको छ । आफ्नो एकल निर्णय गर्दै केही दिन डोजरसहित संरचना भत्काउन पुगेका मेयर साह अहिले थाक्नुभएको छ । हामीलाई अवैध संरचना भत्काउने विषयमा कुनै कुरै गर्नुभएको छैन– एक कर्मचारीले भने, ‘शुरूमा त उहाँको जोश र जाँगर फरक थियो, अहिले सबै सेलाए जस्तो छ ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: २९ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्