सत्ता गठबन्धनको बैठक आज बस्दै, मन्त्रिपरिषद् पूर्णता दिने तयारी


 


काठमाडौं, पाैष २८
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बैठकबाट गत मंगलबार विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारीमा लागेका छन् ।

सो बारेमा सत्ता साझेदार दलहरुसँगको छलफलमा तिव्रता दिएका छन् । सो विषयमा आन्तरिक छलफल गर्न आज बिहीबार पनि सत्ता साझेदार दलको बैठक बस्दैछ ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यही पुस २६ गते संसदबाट विश्वासको मतसमेत लिइसकेका छन्। उनको विश्वासको मतलगत्तै यतिबेला सत्तासाझेदार दलहरू मन्त्रिमण्डललाई पूर्णता दिन तयारीमा तीव्रता दिन थालेका हुन्।

बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार सत्ता साझेदार दलको बैठक बोलाउने सहमति भएको थियो ।

प्रकाशित मिति: २८ पुस २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्