दार्चुलामा तुइनबाट खसेर एक बालक बेपत्ता


 


दार्चुला, पाैष २४
दार्चुलाको व्याँस गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् ।

नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन् ।

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि-पछि गएका दिपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । व्याँस क्षेत्रमा संचार सुविधा नभएका कारण घटना ढिलो गरि जानकारीमा आएको हो ।

उनी ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

प्रकाशित मिति: २४ पुस २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्