विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ


 


एजेन्सी, पाैष २४
एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारी शंकर मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।

गएको नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली आउने क्रममा रक्सीको नशामा डुबेका मिश्रले आफ्नो पाइन्ट खोलेर बिजनेस क्लासमा बसेकी ७२ वर्षीया महिलामाथि पिसाब गरेको आरोप लागेको थियो ।

घटनाबारे एक वृद्धाले एयरलाइन्सको व्यवस्थापनलाई जानकारी गराएपछि बैंकको भारतीय कारोबार सेवाका पूर्वउपाध्यक्ष मिश्र प्रशासनबाट फरार रहँदै आएका थिए ।

प्रकाशित मिति: २४ पुस २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्