भारत, पाकिस्तान र अफगानिस्तानमा भूकम्प


 


एजेन्सी, पाैष २२
भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर दक्षिण जमिनबाट २०० किलोमिटर मुनि रहेको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसको तीव्रता रेक्टर स्केलमा ५.९ मापन गरिएको बताइएको छ । क्षतिको विवरण भने आएको छैन् ।

प्रकाशित मिति: २२ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्