पाल्पा बस दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो, खुर्साने गाउँ शोकमा


 


पाल्पा, पाैष २२
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजे रैनादेवी छहरा ८ खुर्सानेमा दुर्घटना भएको हो।

दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक सबै रैनादेवी छहरा–८ खुसार्ने गाउँ कै हुन् । दुर्घटनामा १८ जना घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा घाइते भएकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्