राजेन्द्र लिङ्देन भन्छन् – मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन


 


काठमाडौं, पाैष २१
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर पार्टी सरकारमा नजाने बताएका छन् ।

सत्ताधारी सात दललाई भाग मिलाउन संघीय सरकारका मन्त्रालय फुटाउने चर्चा भइरहेका बेला राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको सँख्या बढाईने भन्ने हल्ला निराधार भएको बताए । अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्,’राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको संख्या बढाइने भन्ने हल्ला निराधार हो । मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन ।’

वर्तमान संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारमा बढीमा २५ जना मन्त्री बनाउन पाइन्छ। तर गठबन्धन दलहरुले बढीभन्दा बढी मन्त्रालय दाबी गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब परिरहेको छ ।

तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको संख्या नबढाइने स्पष्ट पारेका छन् । बुधबार बालुवाटार बैठकपछि प्रतिक्रिया दिँदै उनले भने, ‘मन्त्रालय फुटाउने छलफल भएको छैन, योजना पनि छैन ।’

प्रकाशित मिति: २१ पुस २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्