पछिल्लो २ वर्षमा म माथि सबैभन्दा बढी साइबर हमला, कानूनी उपचार खोज्छु : रामकुमारी


 


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले पछिल्लो दुई वर्षमा आफू सबैभन्दा बढी साइबर हमलामा परेको बताएकी छिन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत झाँक्रीले सो कुराको जानकारी गाराएकी हुन् । उनले एउटा अनुसन्धान टिमले साइबर आक्रमण र साइबर ह्यारेसमेन्टका सम्बन्धमा आफूमाथि लामो समय लगाएर अनुसन्धान गरेको बताइन् । सो अध्ययनबाट आएका तथ्य संवेदनशिल समेत भएको उनको भनाई छ ।

‘मलाई सोसल मिडियामा सबैभन्दा धेरै आकर्मण गर्ने खासमा जातिय हिसाबले मगर, तामाङ, राई, लिम्बु जस्ता जनजाति समुदायका ब्यक्तिहरू रहेछन्,’ झांक्रीले भनेकी छिन् ।

त्यस्तै, विश्वकर्मा, परियार, नेपाली जस्ता दलित समुदायका व्यक्तिहरुबाट पनि आफूलाई हमला भएको झांक्रीले बताएकी छिन् ।

‘मलाई यो रिपोर्टले कानूनी उपचार खोज्न बाध्य बनाउदैछ,’ उनले भनिन् ‘मैले यसको उपचार खोजिन भने सायद म भन्दा पछाडीका बहिनीहरू र छोरीहरू यस्तो प्रकारको सिकार झनै हुनेछन्।’

प्रकाशित मिति: १९ पुस २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्