विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार


 


काठमाडौं, पाैष १४
एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो ।

धेरै सांसदहरु मन्त्रीको आकांक्षी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको बताइएको छ । राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाको बैठक २५ पुसमा आव्हान गरेकी छिन् ।

प्रतिनिधिसभा बैठक सुरु भएपछि विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि छलफल गरिसकेका छन् । राजधानी दैनिकबाट

प्रकाशित मिति: १४ पुस २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्