प्रचण्ड प्रधानमन्त्री भए लगत्तै भारतले दियो दुई आयोजनाको बिजुली निर्यात अनुमति


 


काठमाडौं, पाैष १३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्ति भए लगत्तै भारतले थप दुईवटा जलविद्युत् आयोजनाबाट बिजुली निर्यात गर्ने अनुमति दिएको छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालको काबेली बी १ (२४.२५ मेगावाट) र तल्लो मोदी (१९.४) मेगावाटको बिजुली निर्यात गर्न अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इकागजलाई बताए ।

यी दुई आयोजनासमेत गरी भारतले हालसम्म ४५२.६ मेगावाटका १० वटा आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न अनुमति दिइसकेको छ । माथिल्लो तामाकोसी (४५६ मेगावाट) लगायतका अन्य आयोजनाको भने भारतले हालसम्म अनुमति दिएको छैन ।

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्