शेखर कोइराला समूहका नेताहरुको बैठक बस्दै


 


काठमाडौं, पाैष १३
नेपाली कांग्रेसको इतर पक्षका नेताहरुको बैठक आज बस्दै छ ।

शेखर कोइरालाको सम्पर्क कार्यालयमा इतरपक्षको बैठक बस्न लागेको हो । बैठकमा इतरपक्ष पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।

बैठकमा कांग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रीय समिति बैठकबारे छलफल हुने जनाइको छ ।

गत आइतबार कांग्रेससँगको सहकार्य तोडेर माओवादी अध्यक्ष प्रचण्ड एमालेको साथ लिएर प्रधानमन्त्री बनेपछि कांग्रेसभित्र विवाद बढेको छ ।

इतर पक्षका नेताहरु सभापतिसहित संस्थापनमाथि प्रश्न उठाएका छन् । केन्द्रदेखि सातवटै प्रदेशमा प्रतिपक्षी बन्ने निश्चित देखिएको छ ।

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्