दिल्लीमा बढ्न थाल्यो कोरोना संक्रमणदर, सर्तकता अपनाउन आग्रह
एजेन्सी, पाैष १२
भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण दर बढ्न थालेको छ । बाहिरबाट आएकाहरुमा बढी पोजेटिभ संक्रमण देखिन थालेको हो ।
पछिल्लो तीन दिनमा गरिएको चेकजाँचमा ३९ जनामा कोभिडको नयाँ संक्रमण पोजेटिभ देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्लीमा मंगलबार थप १९ संक्रमित फेला परेका छन् ।
दिल्लीमा कोभिड १९ संक्रमण दर फैलिन थालेपछि दिल्ली सरकारले विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
दिल्ली सरकारले संक्रमण दर फैलिन नदिन सबै सावधानी अपनाइरहेको जनाएको छ । दिल्लीमा पछिल्लो समय कोभिड संक्रमणदर ०.४४ प्रतिशत भएपनि संक्रमण बढ्दैगएकाले सावधान हुनुपर्ने बताएको छ ।
प्रकाशित मिति: १३ पुस २०७९, बुधबार