आज पुस १३ गते बुधवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ पुस १३ गते बुधवारको राशिफल ।

मेष

अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मिथुन

आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।

सिंह

आज रमणीय र सुखद् यात्राको योग छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । तीर्थाटनको योग पनि रहेको छ ।

तुला

आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आकस्मिक धन लाभ हुनसक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

धनु

आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

कुम्भ

आज नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । दक्षतामा विभिन्न कार्यहरू पनि सम्पन्न हुनेछन् ।

बृष

शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

कर्कट

आज सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । कुनै चिन्ता पर्ने समाचार सुन्नु पर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ संयम रहनु होला ।

कन्या

दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

बृश्चिक

कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न नसकिएला । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

मकर

आज शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मीन

आज मानसिक चञ्चलता बढ्ने र कार्यक्रममा विघ्नबाधा आउनसक्छ । हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ ।

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्