कांग्रेस बागमती संसदीय दलमा उम्मेदवारी दिन लागेका बहादुरसिंह लामा को हुन् ?


 


काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि कांग्रेस नेता बहादुर सिंह लामाले उम्मेदवारी दिने भएका छन् ।

नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को ख बाट प्रदेश सभामा निर्वाचित भएका लामाले संसदीय दलको नेतामा उम्मेदवारी दिन लागेका हुन् ।

यस्तो छ बहादुर सिंहको राजनीतिक इतिहास
बागमती प्रदेशको संसदीय दलको नेतामा उम्मेदवारी दिन लागेका बहादुरसिंह लामा विकास प्रेमी नेताको रूपमा चिनिन्छन्। प्रदेश विकास निर्माणमा होस् या पार्टीमा स्पष्ट कुरा राख्न सिधै केन्द्रमा पहुँच भएका नेता हुन् लामा।

प्रदेश सांसद भएर मात्रै प्रदेशको विकास सम्भव नभएकोले उहाँलाई प्रदेश संसदीय दलको नेतामा जिताए मात्रै समग्र प्रदेशको विकास हुने कांग्रेस नेताहरू बताउँछन्।प्रदेशको विकास निर्माणका लागि केन्द्रमा पहुँच राख्न सक्ने हैसियत उहाँमा छ । विभिन्न कालखण्डमा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनका लामा एक हस्ति हुन् ।

कांग्रेस नेता कार्यकर्ताका अनुसार उनी नेपाली राजनीतिमा त्यत्तिकै स्थापित भएका नेता पनि होइनन्, दलको तल्लोभन्दा तल्लो तहदेखि आफूलाई पहिचान गराउँदै सफल बनाउँदै अहिले यो अवस्थामा आइपुगेका नेता हुन्।

उनी विद्यालय तहदेखि कांग्रेसको भातृ संगठन नेविसंघमा २०४२ सालमा सक्रिय भएर विद्यार्थी राजनीतिमा लागेर राजनीतिक उचाइ बनाएका नेता हुन् ।

लामा नेविसंघ शंकरदेव क्याम्पस ईकाइको २०४५ सालमा सदस्य हुँदै २०४६ को ऐतिहाहिक जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए ।

उनी २०५१ सालमा नुवाकोट क्षेत्र नम्बर –३ को नेविसंघको क्षेत्रिय सभापति भएका थिए भने २०५३ सालमा नेबिसंघको जिल्ला उपाध्यक्ष भएका थिए ।

त्यस्तै उनी २०५९ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुँदै २०५९/२०६७/२०७२ सालमा महासमिति सदस्य भएका थिए ।

त्यसैगरी लामा २०६२÷२०६३ को ऐतिहासिक जनआन्दोलनमा पनि सक्रिय सहभागी भएका थिए । २०६४ मा लामा नेपाली कांग्रेसको तर्फबाट संविधान सभा निर्वाचनमा नुवाकोट क्षेत्र नंमबर ३ बाट उम्मेदवार बनेका थिए । तर त्यतिबेलाको विषम परिस्थिति मा पनि उनी थोरै मतले माओवादीका उम्मेदवारसँग पराजित भएका थिए । २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा भने उहाँ संविधान सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएर संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

२०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनबाट लामा केन्द्रीय सदस्यमा निर्वाचिन भएका थिए भने २०७४ प्रतिनिधि सभामा कांग्रेसका तर्फबाट समानुपातिक सांसद भएका थिए । कांग्रेसका नेता कार्यकर्ता मात्रै होइन सबैले लामालाई समाजसेवी,विश्वासिलो र जनताको पीरमर्का बुझ्ने नेताका रुपमा लिने गर्छन् ।

बहादुरसिंह लामाले सालिन, इमान्दर, कम बोल्ने र नतिजामा विश्वास गर्ने नेताको परिचय पनि बनाएका छन्। साथै समग्र प्रदेशको विकासका लागि दीर्घकालीन एजेन्डासहित आफू संसदीय दलको चुनावी मैदानमा उत्रिएको लामाको भनाई छ ।

उहाँले विभिन्न कालखण्डमा निर्माण व्यवसायी संघसँग आवद्ध रहेर पनि थुप्रै विकास निर्माणका कामहरु गर्नु भएको छ । लामाको मेहनत र ईमान्दारिताका कारण २०७९ को आम निर्वाचनमा नुवाकोटको दुबै क्षेत्रमा गठबन्धनमा उम्मेदवार विजयी भएका थिए । लामा कांग्रेसमा सबैले मन पराउने नेताका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्