मन्त्रीहरूले वृद्धि भएको तलब नलिने


 


काठमाडौं, पाैष १२
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी लिन घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता हटाउनेसहितका विभिन्न पाँच निर्णयहरू गरेको छ ।

सोमबार बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न आवश्यक काम गर्ने निर्णय पनि गरेको छ ।

यस्तै प्रतिकात्मक रूपमा यसै आर्थिक वर्षदेखि राष्ट्रसेवकहरूका लागि भएको तलब वृद्धि कम्तीमा यस आर्थिक वर्षका लागि मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय पनि सरकारले गरेको छ ।

बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा आम रूपमा आशा र भरोसा बढेको देखिएको बताएका छन् । उनका अनुसार मन्त्रिपरिषद्ले जनजीविका, सुशासनलगायतका विषयमा पनि निर्णय गरेको छ ।

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्