मन्त्रिमण्डल आजै गठन गर्ने तयारी, नयाँ गठबन्धनको बैठक बस्दै


 


काठमाडौं, पाैष ११
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथसँगै आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।

पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनले तयारी गरेको हो ।

दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथअघि नयाँ गठबन्धनबीच छलफल हुँदैछ ।

बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ । एमाले, माओवादी लगायतका दलको आन्तरिक बैठक पनि बस्दैछ ।

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्