प्रचण्डद्धारा माधव नेपालको अपमान !


 


काठमाडौं, पुस १०
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यो सहमति जुटेको हो ।

प्रचण्डको नेतृत्वमा सरकार बनाउन सात दलका १६६ सांसदको समर्थन जुटेको रहेको छ । प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा माधव नेपालको भने अपमान भएको छ ।

एमाले र माओवादीको एकताबाट बनेको नेकपाभित्र चरम विवाददेखि प्रचण्ड माधव नेपाल एकै ठाउँमा थिए । पछि अदालतले एमाले र माओवादी व्युँताएपछि माधव नेपालले एमाले चोइटाउनुमा प्रचण्डको भूमिका उल्लेख्य थियो ।

सर्वाेच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै माधव नेपाल सत्तारुढ दलको एउटा घटक बनेको थियो ।

स्थानीय चुनावदेखि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म गठबन्धन बनाएर चुनावमा होमिएका प्रचण्ड माधव नेपालहरु आइतबार प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेसँगै माधव नेपालको अपमान भएको नेताहरुले बताएका छन् । यो सँगै माधव नेपालको एक वर्ष भए पनि प्रधानमन्त्री बन्ने सपना टुंगिएको छ ।

प्रकाशित मिति: १० पुस २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्