बागमती प्रदेशसभा सदस्यको शपथग्रहण बिहीबार हुने


 


बागमती, पाैष १०
बागमती प्रदेशसभा सदस्यको शपथग्रहण बिहीबार हुने भएको छ ।

प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

त्यसअघि बुधबार ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम छ । जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् ।

प्रदेशसभा सचिवालयले शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र लिएर आउन आग्रह गरेको छ ।

प्रकाशित मिति: १० पुस २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्