किन याेग्य छन् संसदीय दलकाे नेताका लागि बहादुरसिंह लामा ?


 


काठमाडाैं, पाैष ८ नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलकाे नेताका लागि २ नेताकाे रस्साकस्सी चलिरहेकाे छ । संसदीय दलकाे निर्वाचनको मिति सार्वजनिक भएसँगै संसदीय दलको नेता को हुने भन्ने रस्साकस्सी सुरु भएको हाे ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ बागमती प्रदेश सदस्यको नामावली सार्वजनिक गरेसँगै संसदीय दलको नेता बन्न प्रदेश सभा सदस्यहरूको जोड घटाउ सुरु भएको हो ।

समानुपातिक प्रणालीबाट ४४ र प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित ६६ गरी ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेशमा सातवटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरूको सरकार बनाउन स्पष्ट बहुमत रहेकाले सत्ता गठबन्धनबाट निर्वाचित प्रदेश सभाका सदस्यहरू संसदीय दलको नेता बन्ने र बनाउने कसरतमा लागेका छन् ।

२५ प्रत्यक्ष र १२ समानुपातिक प्रणालीबाट गरी ३७ प्रदेश सभा सदस्य रहेको कांग्रेसमा संस्थापन पक्षकाे दबदबा छ ।

कांग्रेस केन्द्रीय सदस्य नुवाकोट जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ (२) बाट निर्वाचित बहादुरसिंह लामा र कांग्रेस बागमती प्रदेशका सभापति मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ (२) बाट निर्वाचित इन्द्रबहादुर बानियाँ मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य लामाले पार्टीमा लामो समयदेखि लाग्दै आए पनि आफूले अवसर नपाएकाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको बताउनुभयाे।

‘प्रदेश सभा सदस्य भएपछि मुख्यमन्त्रीमा दाबी गर्ने अरूको पनि इच्छा हुन्छ नै’, उहाँले भन्रुभयाे,’पार्टीका नेताले मुख्यमन्त्रीका लागि भनेकाले प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा नगरेर प्रदेशमा आएको हुँ ।’

प्रदेश सांसद लामाको नेपाली कांग्रेसभित्र महत्वपूर्ण योगदान छ । विद्यार्थी राजनीतिबाटै नेपाली कांग्रेसको राजनीति आरम्भ गरेका लामाको नुवाकोटमा कांग्रेसको संगठन र नेपाली कांग्रेसलाई जिताउन महत्वपूर्ण योगदान छ ।

त्यसैगरी अप्ठ्यारो परिस्थितिमा पनि कांग्रेसलाई साथ दिँदै आउनु भएका लामा नेतृत्वभित्र शालिन नेताको रुपमासमेत स्थापित हुनुहुन्छ ।

त्यस्तै देउवाको आर्शिवाद प्राप्त गरेर विभिन्न पदमा पुग्नु भएका बानियाँले पछिल्लो समय विभिन्न स्वार्थका कारण संस्थापन पक्षलाई नै धोका दिँदै आउनुभएको छ । सम्पन्न मंसिर –४ गतेको निर्वाचनमा पार्टीका अधिकारीक उम्मेद्वारलाई हराउन भूमिका खेलेको आरोप बानियाँमाथि छ । आफू जित्ने र अन्य उम्मेदवारलाई हराउन अन्य दलसँग साठगाँठ गरेको बानियाँमाथि आरोप छ ।

पदमा पुग्न हरेक हत्कण्डा अपनाउने बानियाँले यस पटक पनि बागमती प्रदेशकाे संसदीय दलको नेता बन्ने हतकण्डा अपनाउन थाल्नु भएको छ । तानाबाना बुन्न सिपालु बानियाँलाई यसपटक भने नतृत्वले पत्याउने छाटकाट देखिएकाे छैन । यस पटक भने शालिन नेता बहादुरसिंह लामा बानियाँमाथि भारी जानु भएकाे छ ।

३७ सिटसहित पहिलो बनेको नेपाली कांग्रेस बागमती प्रदेशमा यसपटक बहादुरसिंह लामा संसदीय दलको नेता हुने पक्का जस्तै भएको छ । देउवाले लामो समय अर्थात नेपाली कांग्रेस प्रजातान्त्रिक हुँदैका बखत लामाले आफूलाई साथ दिएकाले बहादुरसिंह लामालाई संसदीय दलको नेता बनाउने इच्छा राखेको बालुवाटार स्राेतले जनाएकाे छ ।

जनजाती नेता, शालिन व्यक्तित्व, नेपाली कांग्रेसको दुई पटक केन्द्रीय सदस्य, सांसदमा निर्वाचित, नुवाकोटमा पार्टीको संगठन बलियो बनाउन भूमिका, पार्टीको केन्द्रीयस्तरमा सहयोग र जुझारु अनुभवि नेता भएका कारण पनि बागमती प्रदेशको संसदीय दलको नेताको रुपमा बालुवाटारले लामालाई अगाडी बढाउन चाहेको हो । पछिल्लो समय बानियाँमाथि पार्टी हितभन्दा बढी व्यक्तिगत स्वार्थमा लागेकाे आरोप छ ।

बहादुरसिंह लामा मुख्यमन्त्री हुने सर्तमा प्रदेशसभामा झरेर आफ्नो गृहक्षेत्रमा अर्जुननरसिंह केसीलाई जिताइदिएपछि उहाँलाई प्रकाशमान सिंह र केसी समूहको समेत साथ मिल्ने नेताहरुको भनाइ छ ।

कांग्रेस प्रदेश संसदीय दलको जो नेता बन्छ भोलि अवसर आउँदा उही मुख्यमन्त्री बन्ने भएकाले इमान्दार, जनभावना बुझेको कार्यकर्ताको दुःख सुखमा साथ दिने नेताको रुपमा बहादुर सिंह योग्य नेता रहेको बुझाइ देउवा निकट नेताहरुको छ । त्यसकारण बहादुरलाई बलिया उम्मेदवारको रुपमा हेरिएको छ । तर बहादुरलाई सर्वसम्मत नेता चयन गर्ने प्रयास भइरहेकको पनि कांग्रेस नेताहरु बताउँछन् ।

प्रकाशित मिति: ८ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्