आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो


 


काठमाडौं, पुस ७
हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

जसकारण प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।

तराईका केही भू–भागमा बिहानीपख हुस्स र कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै भइरहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्