आजको मौसम : उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


 


काठमाडौं, पुस ५
नेपालमा अहिले भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । जसकारण देशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो समय नेपालमा बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले मौसम बदली भएको छ । तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ भने उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात भएको छ ।

आज दिउँसो पनि प्रदेश १ को पहाडी क्षेत्रको एकरदुई ठाउँमा हल्का वर्षा र बागमती र गण्डकीको उच्च पहाडी भू-भागका एकरदुई क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार ती ठाउँ बाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने छ । हिमपात र हुस्सु कुहिरोका कारण देशभर चिसो बढ्दै गएको छ । काठमाडौंमा आज विहानको तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद्ले जनाएका छन् ।

प्रकाशित मिति: ५ पुस २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्