अमेरिकामा अत्याधिक चिसोबाट ९ हजार जनाको मृत्यु, १ करोड ५० लाख अस्पतालमा भर्ना
एजेन्सी, पुस ३
संयुक्त राज्य अमेरिकामा अत्याधिक चिसोका कारण ९ हजार जनाको मृत्यु भएको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको रिपोर्टमा १ करोड ५० लाख सर्वसाधारण अस्पताल भर्ना भएको र ९ हजारको मृत्यु भएको खुलासा गरिएको हो ।
चिसो मौसम सुरु भए यताको एक सातामा फ्लुका कारण २३ हजार बढी मानिस अस्पताल भर्ना हुने गरेका छन् ।
यसैबीच अमेरिकी सरकारले चिसोबाट बच्न सर्वसाधारणलाई अपील जारी गरेको छ ।
प्रकाशित मिति: ३ पुस २०७९, आइतबार