प्रचण्डले फेसबुक प्रयाेगकर्तालार्इ हैसियत नभएका भनेपछि…


 


काठमाडाैं, कार्तिक २६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेसबुक प्रयाेगकर्तालार्इ हैसियत नभएकाहरूकाे शंज्ञा दिएका छन् । प्रचण्ड सरकार गठन भएकाे १०० दिन पुगे पनि यसबिचमा उनले कुनै गतिलाे काम नगरेकाे भन्दै सामाजिक सञ्जाल विशेष गरी फेसबुकमा चर्काे अालाेचना भइरहेकाे छ ।

अाफू र अाफ्नाे पार्टीकाे अस्तित्व संकटमा परिरहेका बेला चाैतर्फी अालाेचना खेपिरहेका प्रचण्डले फेसबुक प्रयाेगकर्ताहरूमाझ रिस पाेखेका हुन् । सरकार गठन भएकाे १०० दिन पुगेकाे अवसरमा पत्रकारहरूमाझ उनले फेसबुकले नकारात्मक धारणा बनाएकाे गुनासाे गरेका थिए ।

यसबिचमा याे सरकार भारतपरस्त र लम्पसारवाद भएकाे टिप्पणी सामाजिक सञ्जालहरूमा भाइरल हुने गरेका छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्