भीम रावल भन्छन् – सरकार बनाउने कुरा राष्ट्र हितमा हुनुपर्छ, पद र सुविधाको भागबण्डामा होइन


 


काठमाडौं, पुस १
नेकपा एमालेका नेता डा. भीम रावलले सरकार बनाउने विषय राष्ट्रहितमा केन्द्रीत हुनुपर्ने सुझाव दिएका छन् ।

प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित रहेका बेला डा. रावलले पद र सुविधा भागबण्डाको विषय बनाइन नहुने सुझाव दिएका हुन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता रावलले लेखेका छन्, ‘समानुपातिक निर्वाचन गुटबन्दी, नातावाद, कृपावादको शोख पूरा गर्दै मनपरी गर्नको लागि होइन, यस्तै हुने हो भने यसलाइ खारेज गर्नुपर्छ । सरकार बनाउने कुरा राष्ट्र हितका विषयमा आधारित हुनुपर्छ, पद र सुविधाको भागबण्डामा होइन ।’

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार बुझाएको थियो ।

प्रकाशित मिति: १ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्