आयोगले आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने


 


काठमाडौं, मंसिर २८
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ । आयोगले आज दिउँसो पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम घोषणा गर्न लागेको हो ।

समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश सभाका २२० उम्मेदवारको नामावली प्राप्त भइसकेकाले आयोगले उनीहरूलाई निर्वाचित गरेर अन्तिम परिणाम घोषणा गर्न लागेको हो ।

त्यसपछि आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने छ । निर्वाचन कानुनमा अन्तिम परिणाम घोषणा भएको सात दिनभित्र राष्ट्रपति तथा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ।

मंसिर ४ गते निर्वाचन भएको थियो ।

प्रकाशित मिति: २८ मंसिर २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्