काभ्रे बस दुर्घटना : घाइतेको निःशुल्क उपचार गर्न प्रचण्डको माग


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेमा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनाको खबरले मर्माहत भएको भन्दै अध्यक्ष प्रचण्डले घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

आज शोक वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘दुर्घटनामा परी निधन हुनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु । दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गर्दछु ।’

यस्तै अध्यक्ष प्रचण्डले उक्त बस दुर्घटनाको कारण पत्ता लगाउन र बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रह पनि गरेका छन् । मङ्गलबार साँझ भएको सो बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ । बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

प्रकाशित मिति: २८ मंसिर २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्