समानुपातिक उम्मेदवारको नाम आज अपरान्हसम्म सच्याउन पाइने


 


काठमाडौं, मंसिर २६
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरुलाई समय दिएको छ ।

आयोगले समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि आज सोमबार दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो ।

प्रतिनिधि सभा अन्तर्गत दलहरुले आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा त्रुटि नरहेको बताएको छ । तर, प्रदेश सभामा पेश गरेको नाममा भने केही त्रुटि देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले प्रदेशतर्फ नाम सिफारिस गर्दा त्रुटी भेटिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्