विश्वप्रकाश शर्मा भन्छन् – संक्रमणकालमा सरकारले रेशमलगायत नेता छुटाउन अध्यादेश ल्याउनु गलत


 


काठमाडौं, मंसिर २६
निर्वाचन आयोग समानुपातिक सांसदको अन्तिम सूची सार्वजनिक गर्न लागेको र नवनिर्वाचित संसद्ले काम सुरु गर्न केहि समयमा बाँकी रहँदा सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विरोध गरेका छन् ।

महामन्त्री शर्माले आइतबार राति ट्वीटमार्फत संक्रमणकालमा अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरेका हुन् । उनले संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु गलत भएको बताए ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुद्दा फिर्ता लिन फौजदारी संहितामा संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । शर्माले प्रधानमन्त्रीलाई मेन्सन गर्दै यो समयमा अध्यादेश जारी गर्नु कानुनी र राजनैतिक प्रश्न मात्र नभई नैतिक प्रश्नपनि जोडिएको उल्लेख गरे ।

‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य १ त्यसैले सार्वजनिक दर्ज होस् असहमति… ! ’ महामन्त्री शर्माले आइतबार राति ट्वीटमा भनेका छन्,‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत १ कानुनी र राजनैतिक प्रश्न मात्र होइन, @PM_nepal_यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ !’

यो अध्यादेशपछि नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रहेका रेशम चौधरी र उनीसहित टिकापुर घटनामा मुछिएका व्यक्तिहरु लगायत छुट्न सक्छन् ।

अहिले नागरिक उन्मुक्ति, जनमत पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता विभिन्न मुद्दामा कारागारमा छन् ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्