आज मंसिर २६ गते सोमवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ साल मंसिर २६ गते सोमवारको राशिफल ।

मेष

जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।

मिथुन

आज कुनै समाचारले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

सिंह

आज लाभहानी, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि पनि हुनेछ ।

तुला

आज सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नजिकैका व्यक्तिबाट साथ र सहयोग पनि पाइनेछ ।

धनु

अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।

कुम्भ

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्नेछ । पुँजी बजारले साथ दिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

बृष

आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कर्कट

आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

कन्या

नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

बृश्चिक

आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पनि पुरा होला ।

मकर

आज जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन

आज कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्