प्रधानमन्त्री देउवा सातौं पटक निर्वाचित, सागरले कति पाए मत ?


 


डडेल्धुरा, मंसिर ७
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन् ।

देउवा २५ हजार ५३४ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । देउवा लगातार सातौं पटक डडेलधुराबाट सांसदमा निर्वाचित भएका हुन् ।

देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाए ।

बीपी कांग्रेसका कर्ण मल्लले ७ हजार ५३५ मत पाए ।

प्रकाशित मिति: ७ मंसिर २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्