झापा ५ मा एमाले अध्यक्ष ओली ३५ सय मतले अगाडि


 


दमक, मंसिर ६
झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ३ हजार मतले अग्रता कायम गरेका छन् ।

मंगलबार बिहान साढे ६ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार ओलीले ८ हजार ९७८ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डब अधिकारीले ५ हजार ४४८ मत ल्याएर पछ्याइरहेका छन् ।

जनता समाजवादी पार्टीकी ओममाया आङ्देम्बेले ८७ र जनमत पार्टीका ८६८ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले १ हजार ४८६ मत ल्याएका छन् ।

प्रकाशित मिति: ६ मंसिर २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्