पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु : झलनाथ खनाल


 


इलाम, कार्तिक ३०
पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्‍याउने बताएका छन् ।

इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार खनालले पत्रकारहरूसँग कुरा काराकानी गर्दै सो कुरा बताएका हुन् ।

उमेरले ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको उल्लेख गर्दै उनले भने, ‘मसँग अनुभव छ, देश बनाउने योजना छ। त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु ।’

यस्तै उनले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको पनि बताएका छन् ।

भने, ‘राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन।’ उनले निर्वाचनपछि एउटैमात्र दलको सरकार नबन्ने बताए।

प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्