युक्रेनी सीमा नजिकै मिसाइल खस्दा दुई जनाको मृत्यु, रुससँग क्षतिपूर्ति माग
काठमाडौं, कार्तिक ३०
युक्रेनी सीमा नजिकै मिसाइल खस्दा पोल्याण्डका दुई जनाको मृत्यु भएको छ ।
उनीहरूको मृत्युमा रूसी मिसाइल जिम्मेवार रहेको पोल्याण्ड सरकारले जनाएको छ । तर, रूसले भने यसमा आफू जिम्मेवार नरहेको दाबी गरेको छ ।
घटनाको अमेरिका, बेलायत, युक्रेन लगायतका विभिन्न देशले विरोध गरेका छन् ।
युक्रेन युद्धको क्षतिपूर्ति तिर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको माग रूसले अस्वीकार गरेको छ ।
प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार