माधव नेपालको पार्टी यही चुनावबाट समाप्त हुन्छ : अध्यक्ष ओली


 


कैलाली, कार्तिक २७
एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी समाप्त हुने जिकिर गर्नुभएको छ ।

शुक्रबार कैलालीमा आयोजित चुनावी सभामा उहाँले पार्टी र देशकाविरुद्ध अपराध गरेको भन्दै माधव नेपालको पार्टी यही चुनावबाट सकिने बताउनुभयो ।

एकीकृत समाजवादीबाट धेरै नेताहरु एमालेमै फर्किसकेको भन्दै ओलीले नेपालको पार्टी रित्तो भाँडो भइसकेको टिप्पणी गर्नुभयो । उहाँले माओवादी केन्द्र पनि भविश्यमा समाप्त हुने बताउनुभयो । २०७४ सालको निर्वाचनमा एमालेसँग तालमेल गर्दा माओवादी केन्द्रले ५४ सिट जितेको भन्दै ओलीले अहिले चोक्टा खान जाँदा झोलमा डुबेको जस्तो हुने बताउनुभयो ।

यसअघि डोटीमा आयोजित आमसभामा बोल्दै ओलीले पश्चिम सेती निर्माण गर्ने आश्वासन दिनुभएको थियो । विगतमा विविध कारणले आयोजना सम्पन्न गर्न सम्भव नभए पनि निर्वाचन पछि बन्ने एमाले सरकारले आयोजना पूरा गरेरै छाड्ने बताउनुभयो । पश्चिम सेतीको निर्माण पछि यो ठाउँले नयाँ विकासको मार्ग लिने उहाँले दावी गर्नुभयो । ।

प्रकाशित मिति: २७ कार्तिक २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्