आज कार्तिक २२ गते मंगलवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ साल कार्तिक २२ गते मंगलवारको राशिफल ।

मेष

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मित्रबाट विशेष सहयोग मिल्नेछ । शिक्षामा सफलता मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

सिंह

आज रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । रोकिएको धन पनि हात पर्ला ।

तुला

कला, साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

धनु

आज यात्राको सम्भावना छ । सामाजिक कामको दायित्त्व बढ्नेछ । भूमि र वाहनबाट लाभ मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ ।

कुम्भ

बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।

बृष

आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ, अतस् सावधानी अपनाउनु नै उपयुक्त होला ।

कर्कट

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभकार्यमा सरिक भइनेछ ।

कन्या

आज मनमा दुविधाहरू उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय रहनेछ ।

बृश्चिक

आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय पनि बित्नेछ ।

मकर

पुराना मित्रले व्यर्थको विवाद र कुरा काट्नेछन् । टाढाको यात्रा गर्नु पनि ठीक छैन, तर साँझमा कुनै समाचारले मनमा प्रसन्नता मिल्नेछ ।

मीन

आज कुनै समाचारले मनमा प्रसन्नता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ कार्य पनि हुनेछन् ।

प्रकाशित मिति: २२ कार्तिक २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्