आफूलाई मार्ने योजनामा वर्तमान प्रधानमन्त्री नै संलग्न भएको इमरानको आरोप


 


एजेन्सी, कार्तिक २०
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो हत्या गर्ने षड्यन्त्रमा वर्तमान प्रधानमन्त्रीको संलग्नता रहेको आरोप लगाएका छन् ।

हत्या प्रयासका क्रममा गोली लागेर अस्पतालमा रहेका खानले निको भएपछि यस्तो बताएका हुन् ।

बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सनोल्लाह र एक शीर्ष सैन्य कमाण्डरले आफूलाई मार्ने निर्णय गरेको’ बताए ।

साथै उनले त्यस दिन दुई बन्दुकधारी रहेको पनि बताए । तर पाकिस्तान सरकारले भने खानको दाबीलाई खण्डन गरेको छ ।

उसका अनुसार खानमाथि बन्दुक हान्ने व्यक्ति धार्मिक अतिवादबाट प्रभावित अतिवादी भएको बताएको छ । पाकिस्तानको सेनाको मिडिया शाखाले पनि पूर्व खानको आरोपलाई ‘आधारहीन र गैरजिम्मेवारपूर्ण’ भनेको छ ।

प्रकाशित मिति: २० कार्तिक २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्