निर्वाचन आयोगविरुद्ध परेको दुई वटा रिटमा आज सुनुवाइ


 


काठमाडौं, कार्तिक १५
सर्वोच्च अदालतमा निर्वाचन आयोगविरुद्ध परेका दुई रिटविरुद्ध आज सुनुवाइ हुँदैछ ।

‘नो नट अगेन’ अभियानविरुद्ध आयोगले विज्ञप्ति जारी गरेको विरोधमा र ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दिएको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

सोमबार अधिवक्ता अनिल आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार नै रिट दायर गरेकी हुन्।

प्रकाशित मिति: १५ कार्तिक २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्