आज कार्तिक १४ गते सोमवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ साल कार्तिक १४ गते सोमवारको राशिफल ।

मेष

आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

मिथुन

आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

सिंह

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा पनि प्रगति हुनेछ ।

तुला

आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । शेयर बजारमा रुचि पनि बढ्नेछ ।

धनु

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

कुम्भ

रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा सफलता पाइनेछ ।

बृष

स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । नियमित खर्चसमेत बढ्ने योग छ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ ।

कर्कट

समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कन्या

आज स्वास्थ्यमा प्रति सजग रहनु पर्छ । साना तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी पनि आउन सक्छ ।

बृश्चिक

आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी आफ्नो अनुभवले निर्णय लिन सके थप अवसर प्राप्त हुनेछ ।

मकर

आज समय मध्यम रहनेछ । तपाईँले आरोह अवरोहको सामना गर्नु पर्नेछ । आम्दानी नहुँदा आर्थिक रुपमा कमजोर भएको महसुस हुनेछ ।

मीन

आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्