भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री


 


एजेन्सी, कार्तिक ८
संयुक्त अधिराज्य बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन् ।

४२ वर्षीय ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेका हुन् ।

उम्मेदवारी दर्ताको अन्तिम समयमा अर्की दाबेदार पेनी मोर्डन्ट नेतृत्वको दौडबाट बाहिरिएपछि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ऋषिको बाटो खुलेको हो ।

सेप्टेम्बरमा प्रधानमन्त्री पदको दौडमा लिज ट्रससँग पराजित भएका भारतीय मूलका ऋषि सुनक यसपटक प्रधानमन्त्री बन्ने भएका हुन् ।

प्रधानमन्त्रीका रूपमा ट्रसले ४५ दिनभन्दा बढी काम गर्न सकिनन्। त्यसपछि ऋषि फेरि प्रधानमन्त्रीको दौडमा सामेल भएका हुन्।

प्रकाशित मिति: ८ कार्तिक २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्