तेस्रो कार्यकालको तयारीमा सी


 


बेइजिङ, कात्तिक ६
चीनका राष्ट्रपति सी चिनफिङले तेस्रो कार्यकाल लिने तयारी गरिरहेका छन् । राजधानी बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन शनिबार सम्पन्न भएको छ ।

सीलाई देशका दुई सबैभन्दा शक्तिशाली पद पार्टी प्रमुख र चीनको सेनाको प्रमुखको रूपमा शक्ति दिने तयारी गरिरहेको छ ।

६९ वर्षीय सी सन् १९७६ मा पहिलो कम्युनिस्ट युगका नेता माओत्सेतुङको मृत्युपछि सबैभन्दा शक्तिशाली पार्टी प्रमुख हुन् । त्यसबेलादेखि धेरै परिवर्तन भएको छ ।

चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न पुगेको छ । सी चिनफिङको नेतृत्वमा चीन अझै बढी अधिनायकवादी र दमनकारी भएको टिप्पणी गरिन थालिएको छ ।

सीले देशलाई निकै भिन्न दिशामा लगेका छन् । एजेन्सी

प्रकाशित मिति: ६ कार्तिक २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्