आज कार्तिक १ गते मंगलवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ साल कार्तिक १ गते मंगलवारको राशिफल ।

मेष

रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

मिथुन

आज शुभकार्यको चर्चा चल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

सिंह

आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

तुला

चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

धनु

आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।

कुम्भ

विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्ति सँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।

बृष

आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । पुँजी बजार र व्यवसायमा पनि मन्दी आउनसक्छ ।

कर्कट

आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ ।

कन्या

आज समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा पनि बाधा पुग्नेछ ।

बृश्चिक

सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

मकर

सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

मीन

घरायसी कार्य अगाडि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सफल यात्राको योग पनि छ ।

प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्