अन्तरिक्षमा रकेट पुर्याउने बेलायती कम्पनीको पहिलो प्रयास असफल
एजेन्सी, असाेज २८
वेलायती रकेट कम्पनी स्काइरोराको अन्तरिक्षमा पुग्ने पहिलो प्रयास विफल भएको छ ।
प्रक्षेपण गरिएको केही समयमै रकेट प्राविधिक गडबडीका कारण समुद्रमा खसेको हो ।
एडिनवर्गमा प्रधान कार्यालय रहेको स्काइरोराले आइसल्यान्डस्थित लान्गानेस प्रायद्वीपबाट प्रक्षेपण गरिएको आफ्नो स्काइलार्क एल भेहिकललाई पृथ्वीको सतहदेखि एकसय किलोमिटर माथि पुर्याउने लक्ष्य राखेको थियो । तर, ११ मिटर लामो सो रकेट प्राविधिक गडबडीका कारण प्रक्षेपणस्थलबाट पाँचसय मिटर भन्दा माथि पुग्न नपाउँदै समुद्रमा खसेको हो ।
स्काइरोराले आगामी वर्ष स्कटल्यान्डबाट पृथ्वीको कक्षमा रकेट प्रक्षेपण गर्ने योजना बनाइरहेको छ ।
प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार