दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, चुनाव चिह्न पनि आजै


 


काठमाडौं, असाेज २६
निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उमेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन पाउनेछन् ।

यस्तै प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली आज बुधबार प्रकाशित गर्दैछ । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले दिउँसो ३ बजेसम्ममा गर्नेछ ।

अन्तिम नामावली प्रकाशन भएलगत्तै बुधबार नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: २६ आश्विन २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्