जेल जीवन बिताइरहेका रेशमलाल चौधरीको उम्मेदवारीविरुद्ध उजुरी


 


धनगढी, असाेज २५
नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरीविरुद्ध उजुरी परेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका चौधरीविरुद्ध उजुरी परेको हो ।

रेशमको मनोनयनविरुद्ध माओवादी केन्द्र निकटका उम्मेदवारले उजुरी दिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।

आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध आज सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकिएको थियो ।

टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषी ठहर भइ जेल जीवन बिताइरहेका रेशमलाल चौधरीले वारेस नाममार्फत उम्मेदवारी दिएका थिए ।

टीकापुर घटना सम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति: २५ आश्विन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्