आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने


 


काठमाडौँ, असाेज २४
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आज (सोमबार) उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यतालिका छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार आज दिउँसो ३ बजेदेखि मंगलबार अपरान्ह ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय गर्ने कार्यक्रम छ।

मंगलबार नै उम्मेदवारको नामावली प्रकाशन गरिने र बुधबार उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको छ। बुधबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

आइतबार उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यक्रम थियो। त्यसमा प्रतिनिधिसभा सदस्यका लागि दुई हजार ४९४ र प्रदेशसभा सदस्यका लागि तीन हजार ४२३ जनाको उम्मेदवारी परेको छ। यसमा इन्टरनेट पहुँच नभएका कर्णाली प्रदेशका केही क्षेत्रको विवरण समेटिएको छैन।

त्यसको विवरण आएमा उम्मेदवारको संख्या बढ्ने छ।

प्रकाशित मिति: २४ आश्विन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्